काठमाडौं । अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्माले जनयुद्धले स्थापित गरेको २१ औं शताब्दीको जनवादलाई लागू गर्न नसक्दा पार्टी कमजोर भएको बताएका छन् ।
शनिबार काठमाडौंमा माओवादी दोरम्बा शैलुङ–काठमाडौं सम्पर्क समन्वय समितिको भेलालाई सम्बोधन गर्दै शर्माले २१ औं शताब्दीको जनवादलाई बहसका लागि राष्ट्रिय सम्मेलनमा लैजानुपर्ने समेत बताए ।
२१ औं शताब्दीको जनवादमा उल्लेख जनताद्वारा नियन्त्रित पार्टी र सत्ता हुनुपर्ने विषयलाई पार्टी अब स्वीकार गर्नुपर्ने उनको भनाइ छ । शर्माले पार्टीलाई केन्द्रमुखी नभइ जनतामुखी बनाउदै अब मुलुकको हरेक तहमा सशक्त र बलियो बनाउनुपर्ने धारणा पनि राखे ।
गुटबन्दीबाट नभएर खुल्ला बहसबाट पार्टीको हरेक तह निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । उनले अब मुलुकमा बजेट घाटा कम गर्ने, उत्पादनमूखी र निर्यातमुखी काम गर्नुपर्ने तथा बेरोजगारीको अन्त्य गर्नुपर्ने कार्यभार रहेको उल्लेख गरे ।
त्यस्तै माओवादी स्थायी समिति सदस्य लिलामणि पोखरेलले बिभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई ध्वस्त बनाउने षडयन्त्र भइरहेको भन्दै अव कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनुपर्ने धारणा राखे ।
उनले बैचारिक राजनीतिक रुपमा पार्टी एकता गर्दा दीगो हुन नसक्ने अनुभव प्राप्त भएको बताए । कार्यक्रममा अन्य नेताहरुले माओवादीलाई रुपान्तरण तथा जनता केन्द्रित गर्नुपर्ने धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ भदौ २०७८, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !
अन्जना विसंखेले पनि छोडिन जनार्दन शर्माको साथ
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन शर्मा