नेकपा एमाले विभाजनको प्रभाव चितवनमा पनि देखियो, अनेरास्ववियु सप्तगण्डकीमा नयाँ कमिटी गठन

सफल खबर संवाददाता

शनिबार, १९ भदौ २०७८, १३ : ५८
नेकपा एमाले विभाजनको प्रभाव चितवनमा पनि देखियो, अनेरास्ववियु सप्तगण्डकीमा नयाँ कमिटी गठन

चितवन । नेकपा एमालेको विभाजनको प्रभाव चितवन जिल्लामा पनि देखिन थालेको छ। नेकपा एमाले समर्थित अनेरास्ववियु चितवन पनि औपचारिक रुपमा नै विभाजित भएको छ।नेकपा एकीकृत समाजवादी पार्टीको भातृसंगठन अनेरास्ववियु चितवनले विभाजन सगैं आफ्नो सगंठन विस्तार र पुर्नगठनलाई आक्रमक ढगंले अगाडि बढाएको छ।

साविक अनेरास्ववियु चितवनको केपी ओली समुहको गढ मानिने सप्तगण्डकी बहुमुखी क्याम्पसमा एकीकृत समाजवादी समर्थित अनेरास्ववियुले क्याम्पस कमिटी गठन गरेको छ।

अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य मिलन थापा,जिल्ला अघ्यक्ष साकार लामा र उपाध्यक्ष सुजन ढकालको आतिथ्यमा सम्पन्न उक्त भेलाले अनेरास्ववियु सप्तगण्डकी क्याम्पस कमिटीको इन्चार्जमा आशिष कुमाल ,अध्यक्षमा कमल दत्त कुमाल ,सचिबमा सुवास राई लगायत २१ सदस्यीय क्याम्पस कमिटी गठन गरेको छ।अव नेकपा एकीकृत समाजवादी समर्थित अनेरास्ववियुले चितवनको विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने र साथै अनेरास्ववियुको सगंठन चितवनका हरेक क्याम्पसहरु पनि छिट्टै विस्तार गर्ने सचिवालय सदस्य मिलन थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस