काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीको रिटमाथि शुक्रबार पेशी तोकिए पनि सुनुवाइ भने हुन सकेन। ओलीका तीन वटै रिट न्यायाधीश मीरा खड्काको एकल इजलासमा पेशी तोकिएको भएपनि बेन्च बस्न नभ्याएको सर्वोच्च अदालतले जनाएको छ।
ओलीले वारेसमार्फत बुधबार माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्न, माधव नेपालको अध्यक्षतामा गठित नेकपा (एकीकृत समाजवादी) पार्टी खारेज गर्न र लुम्बिनी प्रदेशका एमालेले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न माग गर्दै छुट्टा छुट्टै रिट दायर गरेका थिए।
रिटमा निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघीय संसद् सचिवालय, सभामुख अग्नि सापकोटा र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) लाई विपक्षी बनाइएको छ। ओलीको रिटमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल कायम रहेमा एमालेलाई अपूरणीय क्षति हुने दाबी गरिएको छ। रिट निवेदनको अन्तिम किनारा नलागेसम्म एकीकृत समाजवादी पार्टीको क्रियाकलापमाथि रोक लगाउन समेत माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ भदौ २०७८, १८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको सचिवालय बैठकको निष्कर्ष
'कठघरा' मा एकजना पूर्वप्रधानमन्त्रीको दिनभरको बैचनी
३५ लाख धरौटी बुझाएर छुटे पूर्वप्रधानमन्त्री माधव नेपाल
सकियो माधव नेपालको मुद्दामा थुनछेक बहस
माधव नेपालको बयान सकियो, थुनछेक बहस सुरु
विशेष अदालतमा माधव नेपालको बयान सुरु