वायु प्रदूषणले बालबालिका मोटोपनको शिकार

एजेन्सी

शुक्रबार, १८ भदौ २०७८, १५ : ००
वायु प्रदूषणले बालबालिका मोटोपनको शिकार

नयाँ दिल्ली । वायु प्रदूषणका कारण बालबालिका मोटोपनको शिकार भएको र उनीहरुमा दम रोगको जोखिम बढेको एउटा नयाँ अध्ययनले देखाएको छ ।

मोटा बालबालिकामा दम रोगको ७९ प्रतिशत सम्भावना देखिएको अध्ययनमा दर्शाइएको छ । वायु प्रदूषणको उच्च जोखिम रहेको दिल्लीका बालबालिकामा मोटोपन देखिएको अध्ययनमा जनाइएको छ । 

मोटोपन, दम रोग र वायु प्रदूषणबीचको सम्बन्धलाई लिएर भारतमा पहिलो पटक अध्ययन गरिएको थियो । लामो समयसम्म अस्वच्छ हावामा रहँदा बालबालिकामा श्वासप्रश्वासजन्य समस्या निम्तिन सक्ने विज्ञहरुले चेतावनी दिँदै आएका छन् । 

लङ केयर फाउण्डेसन र पलमोकेयर रिसर्च एण्ड एजुकेसनले गरेको सो अध्ययनमा दिल्ली र दक्षिणी भारतका १२ विद्यालयका तीन हजार एक सय ५७ वालबालिकाकाबारेमा अध्ययन गरिएको थियो । अध्ययनका क्रममा सबैभन्दा बढी दिल्लीका बालबालिका मोटा देखिएका थिए । 

प्रतिक्रिया दिनुहोस