यांगुन । बेलायत सरकारले म्यानमारमाथि नयाँ प्रतिबन्ध लगाएको छ । बेलायतले म्यानमारको जुन्ता सरकारको प्रमुख व्यापार साझेधार कम्पनी होतु ग्रुप र त्यसका संस्थापक ते जामाथि प्रतिबन्ध लगाएको हो । संस्थापक जाले सेनाको जुन्ता सरकारलाइ हतियार उपलब्ध गराउन सम्झौता गरेको बेलायतको आरोप छ ।
म्यानमारका अल्पसंख्यक रोहिन्जा समुदाय दमन गर्न सो समूहले सन् २०१७ मा हतियार उपलब्ध गराएको पनि बेलायतको आरोप छ । सेनाको दमनका कारण लाखौं रोहिन्जाले देश छोडेर वंगलादेश पुगेका थिए । फेब्रुवरीमा सेनाले ‘कू’ गरेपछि बेलायतले म्यानमारका निश्चित व्यक्ति र कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो ।
अल्पसंख्यकमाथि सेनाको जुन्ता सरकारले गरेको दमन तत्काल रोक्न समेत बेलायतले माग गरेको छ । ‘जुन्ता सरकारले म्यानमारका नागरिकमाथि गरेको दमन रोक्ने कुनै संकेत देखिदैन,’ बेलायतका विदेशमन्त्री डोमिनिक रयाबले भने ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १८ भदौ २०७८, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा
बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि
नेपालमा जन्मेका सारु बेलायतको ननिटन बेडवर्थ बरोुको मेयर निर्वाचित