नेपालमा एक करोड बढीले लगाए कोरोनाविरुद्धको खोप

सफल खबर संवाददाता

बुधबार, १६ भदौ २०७८, १९ : २१
नेपालमा एक करोड बढीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँ । नेपालमा एक करोड बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १ करोड ९२ हजार १६४ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

जसमध्ये ५४ लाख २४ हजार ८३६ जना अर्थात १८ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ४६ लाख ६७ हजार ३२८ जना अर्थात १५ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

नेपालमा कोभिशिल्ड, भेरोसेल, जोनसोन एण्ड जोनसोन र एष्ट्राजेनेका खोप दिने क्रम जारी छ ।  नेपालले यी खोप अनुदान सहयोग र खरिदमार्फत प्राप्त गरेको हो । 

प्रतिक्रिया दिनुहोस