इश्वर पोखरेलको छटपटी : ‘किन बोल्न सकेनन् सिधै– म अध्यक्षको प्रत्याशी हुँ’

सफल खबर संवाददाता

मंगलबार, १५ भदौ २०७८, ०९ : ३२
इश्वर पोखरेलको छटपटी : ‘किन बोल्न सकेनन् सिधै– म अध्यक्षको प्रत्याशी हुँ’

काठमाडौं । एमालेका महासचिव इश्वर पोखरेलले केपी ओली पछिको उत्तराधिकारी बन्ने चाहना राखेको धेरै समय भईसक्यो । माधव नेपाल एमालेमै रहँदा र माओवादी केन्द्रसँगको एकता अगाडी उनले माधव नेपालसँग अब अध्यक्षमा ओली समुहबाट आफैले प्रतिस्पर्धा गर्ने निकट नेताहरुसँग बताउने गरेका थिए  ।

तर ओलीले आफु सरकारमा पुग्नकै लागि माओवादी केन्द्रसँगको एकतालाई भ¥याङको रुपमा मात्र प्रयोग गरे । आधा आधा कार्यकाल प्रधानमन्त्री बाँडने, चुनावी गठबन्धन बनाउने र अन्तिममा पार्टी एकता सम्म गर्ने योजनाका साथ माओवादी र एमालेका बीचमा एकता भएको थियो । वाम गठबन्धन कै कारण जनताले झण्डै दुई तिहाई बहुमत वामपन्थी पार्टीहरुलाई  दिए । ओली माओवादीको काँध चढेर प्रधानमन्त्रीको कुर्सीमा पुग्न सफल पनि भए । तर उनले न पार्टी एकता जोगाउन सके, न आफनो प्रधानमन्त्रीको कुर्सी नै ।

एकलौटी स्वेच्छाचारी र निरंकुश ढंगले अगाडी बढ्ने ओलीको शैलीका कारण कम्युनिष्ट एकता बच्न सकेन् । अन्ततः एक भएको नेकपा तीन टुक्रामा विभाजित हुन पुग्यो । माओवादी पहिलेकै अवस्थामा रह्यो । एमाले दुई टुक्रा भईदियो । एमाले–माओवादी एकता इश्वर पोखरेलले शुरु देखि नै मन पराएका थिएनन् । उनले पार्टीको नेतृत्वमा ओलीले आफुलाई साथ दिने ठानेर नै एकता रुचाएका थिएनन् । उनी निरन्तर एकताकै क्रममा पनि विपक्षमा उभिए । मुखले नबोले पनि इश्वर पोखरेलका भित्री गतिविधि पार्टी एकता विरोधी देखिदै आएका थिए ।

एमाले र माओवादी एकता भंग गर्ने सर्वोच्च अदालतको फागुन २३ को फैसला आयो, त्यसमा ओलीसँगै सबैभन्दा बढी खुसी इश्वर पोखरेल पनि थिए । एमाले माओवादी छुटिट्एपनि पोखरेल माधव नेपाल पार्टीमा नरहुन् भन्ने नै चाहन्थे । एमालेभित्रको एकताको पक्षमा उभिएका नेताहरुले पार्टीमा दुई अध्यक्षको ब्यवस्था गरेर भएपनि विवाद हल गर्नुपर्ने पक्षमा उभिएका थिए । ओली पनि त्यसमा एक समय करिब सहमत जस्तै थिए । तर पोखरेलले विधानमा भएको ब्यवस्था विपरित दुई अध्यक्ष माधव नेपाललाई दिनै नसकिने सञ्चारमाध्यममा बोलिदिए । उनी निरन्तर माधव नेपाललाई पार्टीबाट खेद्न सकिए आफ्ना प्रतिस्पर्धी नहुने र सिधै अध्यक्षमा बाजी मार्ने योजनामा थिए ।

जब एमाले र माओवादी एकता भंग गर्ने सर्वोच्च अदालतको फागुन २३ को फैसला आयो, त्यसमा ओलीसँगै सबैभन्दा बढी खुसी इश्वर पोखरेल पनि थिए । एमाले माओवादी छुटिट्एपनि पोखरेल माधव नेपाल पार्टीमा नरहुन् भन्ने नै चाहन्थे । एमालेभित्रको एकताको पक्षमा उभिएका नेताहरुले पार्टीमा दुई अध्यक्षको ब्यवस्था गरेर भएपनि विवाद हल गर्नुपर्ने पक्षमा उभिएका थिए । ओली पनि त्यसमा एक समय करिब सहमत जस्तै थिए । तर पोखरेलले विधानमा भएको ब्यवस्था विपरित दुई अध्यक्ष माधव नेपाललाई दिनै नसकिने सञ्चारमाध्यममा बोलिदिए । उनी निरन्तर माधव नेपाललाई पार्टीबाट खेद्न सकिए आफ्ना प्रतिस्पर्धी नहुने र सिधै अध्यक्षमा बाजी मार्ने योजनामा थिए ।

भित्री मनोकांक्षा अध्यक्ष बन्ने भएपनि उनका लागि फेरि अर्को तगारो आईदिएको छ । अर्थात विधान संसोधन प्रस्ताव मा अध्यक्ष मात्र निर्वाचित हुने र पदाधिकारी निर्वाचित केन्द्रीय समितिले चयन गर्ने गरी आएको छ । एमालेले विधान महाधिवेशनबाट यो विषय टुंगो लगाउन खोजेको छ । यसले अध्यक्ष ताकेका पोखरेल रेडजोनमा परेका छन् । विधानमा दुई उपाध्यक्ष, एक महासचिवको ब्यवस्था गर्न खोजिएको छ । ओलीले फेरि तंग्रिदै एक कार्यकाल आफै अध्यक्ष बन्ने आकांक्षा देखाईसकेका छन् ।

दोहोराएर क्लास नलिने बताएका ओलीले फेरि एमालेमा अध्यक्ष बन्ने र पार्टीका पदाधिकारी पनि निर्वाचित कमिटिले मनोनित गर्ने गरी ब्यवस्था विधानमा गर्न चाहेका छन् । त्यो भनेको सिधा अध्यक्षले एकलौटी मनोनित गर्ने हो । ओलीलाई चुनौती दिने नेता अहिले एमालेभित्र छैनन् । माधव नेपालहरुले नेकपा एकीकृत समाजवादी गठन गरेपछि एमालेमा सबै ओलीका छाँया मात्र हुन् । ओलीका विपक्षमा उभिने हिम्मत एमालेभित्र कुनै नेताको पनि छैन् । वरु ओलीको नजिक परेर कसरी पदाधिकारीमा मनोनित हुने भन्ने ध्याउन्नमा मात्र एमालेका नेताहरु छन् ।

ओलीले विधानमा अब दुई अध्यक्ष मात्र रहने गरी ब्यवस्था गरेपछि इश्वर पोखरेल अध्यक्ष ताकेपनि महासचिव सम्म पनि खुस्किने अवस्थामा पुगेका छन् । सुवास नेम्वाङ, रामबहादुर थापा, इश्वर पोखरेल, शंकर पोखरेल र विष्णु पौडेल मध्येबाट अब ओलीले दुई उपाध्यक्ष र एक महासचिव चयन गर्न चाहेका छन् । महासचिवमा उनले विष्णु या शंकर मध्येबाट एकलाई अबको महाधिवेशनबाट ल्याउन चाहेका छन् । त्यसो हुँदा इश्वर पोखरेलको स्थान काहाँ ? अहिले एमालेभित्र बहस शुरु भएको छ ।

ओलीले दुई उपाध्यक्षमा पोखरेल, थापा र नेम्वाङ मध्येबाट एकलाई पाखा लगाएर दुई जनालाई राख्न चाहन्छन् । नेम्वाङ र थापा ओलीका लागि रोजाईका पात्र हुन सक्छन भने पोखरेल बाहिरन सक्ने अवस्था एमालेमा छ । अहिले एमालेमा अबको महाधिवेशनबाट कसैको पद धरापमा छ भने त्यो महासचिव पोखरेलकै हो । उनले पहिले सिधा अध्यक्षमा आफु उठ्ने प्रचारबाजी भित्री रुपमा गरेपनि अहिले भने सिधा बोल्न सकेका छैनन् । सोमबार पत्रकारहरुको संगठनको बैठकमा पोखरेलले आफुसँग अध्यक्ष बन्ने योग्यता र क्षमता भएको घुमाउरो शैलीमा बताएपनि सिधा दावी प्रस्तुत गरेनन्।

प्रतिक्रिया दिनुहोस