काठमाडौं । राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दलेर दुव्र्यवहार गर्ने २ जनालाई प्रहरीले पकाउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चिकित्सकमाथी कालोमोसो दल्ने मुख्य आरोपि ६ जना मध्य ४ जना अहिले फरार रहेको प्रहरीले जनाएको छ ।
चार दिनसम्म पनि प्रहरीले मुख्य आरोपी नेकपा एमाले निकट अनेरास्वबियु दाङका संयोजक सर्जन परियार र सह संयाेजक दिबस क्षेत्रिलाई पक्राउ गर्न सकेको छैन । तर पक्राउ कस्लाई गरेको हो,त्यो प्रहरीले खुलाएको छैन ।
दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले कोरोना माहामारी बिच अग्रभागमा खटिने राप्ती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीमाथी दुर्ब्यबहार गर्ने मुख्य आरोपि २ जनालाई दाङ प्रहरीले पक्राउ गरि स्वास्थ्यकर्मीहरुको सुरक्षा सम्बन्धि अध्यादेश २०७८ बमोजिम जिल्ला प्रहरी कार्यालय दाङमा मुद्दा दायर गरेको जानकारी दिए ।
भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथी हातपात भएपछी बढिमा ५ बर्ष सम्म कैद सजाय हुने गरी सरकारले नयाँ ल्याएको अध्यादेश पछि नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीहरुको सुरक्षासम्बन्धि अध्यादेश बमोजिम मुद्दा दायर भएको प्रजिअ कुरुम्बाङ्ले बताए ।
उनले बाकी ४ जना फरार अभियुक्तलाई समेत दाङ प्रहरीले शिघ्र पक्राउ गरि कानुनको कठघरामा उभ्याउन सफल हुनेछ भन्नेमा आफू ढुक्क रहेको बिश्वास ब्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ भदौ २०७८, २१ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह