काठमाडौं । राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दलेर दुव्र्यवहार गर्ने २ जनालाई प्रहरीले पकाउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चिकित्सकमाथी कालोमोसो दल्ने मुख्य आरोपि ६ जना मध्य ४ जना अहिले फरार रहेको प्रहरीले जनाएको छ ।
चार दिनसम्म पनि प्रहरीले मुख्य आरोपी नेकपा एमाले निकट अनेरास्वबियु दाङका संयोजक सर्जन परियार र सह संयाेजक दिबस क्षेत्रिलाई पक्राउ गर्न सकेको छैन । तर पक्राउ कस्लाई गरेको हो,त्यो प्रहरीले खुलाएको छैन ।
दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले कोरोना माहामारी बिच अग्रभागमा खटिने राप्ती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीमाथी दुर्ब्यबहार गर्ने मुख्य आरोपि २ जनालाई दाङ प्रहरीले पक्राउ गरि स्वास्थ्यकर्मीहरुको सुरक्षा सम्बन्धि अध्यादेश २०७८ बमोजिम जिल्ला प्रहरी कार्यालय दाङमा मुद्दा दायर गरेको जानकारी दिए ।
भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथी हातपात भएपछी बढिमा ५ बर्ष सम्म कैद सजाय हुने गरी सरकारले नयाँ ल्याएको अध्यादेश पछि नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीहरुको सुरक्षासम्बन्धि अध्यादेश बमोजिम मुद्दा दायर भएको प्रजिअ कुरुम्बाङ्ले बताए ।
उनले बाकी ४ जना फरार अभियुक्तलाई समेत दाङ प्रहरीले शिघ्र पक्राउ गरि कानुनको कठघरामा उभ्याउन सफल हुनेछ भन्नेमा आफू ढुक्क रहेको बिश्वास ब्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ भदौ २०७८, २१ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता