काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले गठवन्धन सरकार अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । खनाल भारतको नयाँ दिल्लीमा लामो उपचारपछि स्वदेश फर्किएका छन् ।
त्यसक्रममा आयोजित पत्रकार सम्मेलनमा खनालले वामपन्थी र लोकतान्त्रिक शक्तिको गठवन्धन सरकारलाई राम्रोसंग चलाउनुपर्नेमा जोड दिएका हुन् ।
उनले कम्युनिष्ट सरकार ढल्यो भनेर गोहीको आँशु बगाउनु आवश्यक नरहेको बताएका छन् । उनले ओली नेतृत्वको सरकार बदनाम भएर आफैं ढलेको टिप्पणी गरे ।
खनालले भने, ‘म यहाँबाट जाँदा भारी मनले गएको थिएँ । त्यसबेला एकता आह्वान गरेको थिएँ । यो बीचमा कम्युनिष्ट पार्टीको सरकार ढल्यो । तर, यसमा कुनै गोहीको आँशु बगाउनुपर्ने आवश्इकता छैन । वामपन्थी र लोकतान्त्रिक शक्तिको गठवन्धन सरकार बनेको छ । यसलाई राम्रोसँग चलाउनुपर्छ ।’
खनालले नेकपा एमाले पार्टीका नशा-नशा र अंगअंगमा आफूहरूको पसिना र मेहनत रहेको बताए । अहिले अहंकारी गुटले नेतृत्व कब्जा गरेको र पार्टीमा चिरा परेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ भदौ २०७८, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल
झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल
झलनाथ खनालले केन्द्रीय समिति बैठकमै मागे माधव नेपालको राजीनामा