काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल भारतमा लामो उपचारपछि आज स्वदेश फर्किएका छन् । खनाललाई सो पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
नेता खनालले भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए । त्यहाँ उपचाररत छँदा नेपालमा एमाले विभाजित बनेपछि उनले एकीकृत समाजवादीका पक्षमा आफूलाई उभ्याएका छन् । उनले भारतबाटै नयाँ पार्टी दर्ता प्रक्रियाको लागि सनाखत गर्न आफ्नो वारेसनामा निर्वाचन आयोगमा पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ भदौ २०७८, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल
झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल
झलनाथ खनालले केन्द्रीय समिति बैठकमै मागे माधव नेपालको राजीनामा