काठमाडौं । दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारको अडान प्रष्ट पार्न सत्ता गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
सत्तारुढ गठबन्धनको सोमबार बसेको बैठकमा जनता समाजवादी पार्टी जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाश लगायतले छानविन समितिको प्रतिवेदन आउन ढिलाइ भएकोमा असन्तुष्टि जनाएका छन् । ‘तत्काल प्रतिवेदन ल्याउनुपर्यो, हाम्रो अडान प्रष्ट पार्नुपर्यो र त्यसका आधारमा भारतसँग वार्ता गर्नुपर्यो’ उनीहरुले भनेका छन् ।
१५ साउनमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानले तार खुस्काइदिँदा जयसिंह धामी महाकाली नदीमा खसेका थिए । घटनाबारे छानविन गर्न भन्दै सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति बनाएको छ । तर अहिलेसम्म समितिले प्रतिवेदन तयार पारेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ भदौ २०७८, ११ : ४९
लेखकबाट थप