चीन । चीनले अफगानिस्तानको काबुल एयरपोर्ट बाहिर भएको बम आक्रमणको निन्दा गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियनले नियमति पत्रकार सम्मेलनका क्रममा सम्बोधन गर्दै सो घटनाको निन्दा गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चाओले यो घटनाले अफगानिस्तानको सुरक्षास्थिति कस्तो छ भनेर देखाएको बताए । पत्रकार सम्मेलनमा एक पत्रकारले उक्त घटनाबारे चीनको प्रतिक्रिया मागेका थिए ।
त्यसको जवाफ दिँदै प्रवक्ता चाओले भने, ‘ काबुल विमानस्थल नजिकै भएको विष्फोटमा ठूलो जनधनको क्षति भएको छ । यो घटनाले चीन स्तब्ध भएको छ । यो घटनाको चीन निन्दा गर्छ । यसले अफगानिस्तानको सुरक्षास्थिति कस्तो छ भनेर देखाएको छ ।’
बिहीबार अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय बिमानस्थल बाहिर भएको बम आक्रमणमा १३ अमेरिकी सैनिकसहित १७० जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १२ भदौ २०७८, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट