बैतडी । भिरबाट लडेर गम्भीर घाइते भएका युवा सङ्घका सदस्य विजय भाटको उपचारका क्रममा मृत्यु भएको छ ।
दशरथचन्द नगरपालिका– ५ दमरखोलीका ३० वर्षीय भाटको उपचारका क्रममा शुक्रबार धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको यहाँका प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
बिहीबार साँझ सदरमुकामबाट घर फर्किने क्रममा स्थानीय कलुवाड मोडबाट लडेर भाट घाइते हुनुभएको थियो । घाइते भाटको जिल्ला अस्पतालमा उपचार नभएपछि शुक्रबार बिहानै ४ः०० बजे धनगढी रेफर गरिएको थियो । उनको शुक्रबार धनगढीस्थित मायामेट्रो अस्पतातमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनका एक छोरा र श्रीमती छन् ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १२ भदौ २०७८, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु
मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु