बेइजिङ । चीनले राष्ट्रपति सी जिङपिङको राजनीतिक विचारधारालाई राष्ट्रिय पाठ्यक्रममा समावेश गर्ने भएको छ । चीनको शिक्षा मन्त्रालयद्वारा सार्वजनिक नयाँ मार्गनिर्देशनमा किशोरकिशोरीलाई मार्क्सवादबारे ज्ञान दिलाउन ‘सी जिनपिङ विचारधारा’ समावेश गर्न लागिएको उल्लेख छ ।
प्राथमिक तहदेखि विश्वविद्यालयसम्मै विचारधारालाई समावेश गरिने चीनले जनाएको छ । समाजका विभिन्न क्षेत्रमा सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको भूमिका विस्तार गर्न चाहने राष्ट्रपति जिनपिङको पछिल्लो प्रयत्नको रुपमा यसलाई हेरिएको छ ।
चिनियाँ शिक्षा मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,‘समाजवादका निर्माता र उत्तराधिकारीलाई नैतिक, बौद्धिक, शारीरिक र आत्मिकरुपमै वृत्तिविकास गर्नु यसको मुख्य उद्देश्य हो ।’
मिहेनत गर्ने जोशलाई गोड्मेल गर्ने तथा राष्ट्रिय सुरक्षाबारे शिक्षा दिने लगायतका प्रावधान पनि निर्देशिकमा समेटिएका छन् । सन् २०१८ मा चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय विभागले संविधानमा सी जिनपिङ विचारधारालाई समेट्ने निर्णय गरेको थियो ।
त्यसपछि पार्टीको युवा विभाग र केही विश्वविद्यालयमा अतिरिक्त पाठ्यक्रमको गतिविधि संचालन हुँदै आएका थिए । सी जिनपिङ विचारधारमा कम्युनिष्ट विचारसहितका १४ वटा सिद्धान्त समावेश छन् । शिक्षा मन्त्रालयको नयाँ गाइडलाइनलाई विचारधारा कार्यान्वयनको महत्वपूर्ण घटनाको रुपमा लिइएको छ ।
‘प्राथमिक विद्यालय देश, चिनियाँ कम्युनिष्ट पार्टी र समाजवादप्रतिको प्रेमलाई प्रगाढ तुल्याउनेतर्फ केन्द्रित हुनेछन् । राजनीतिबारे आधारभूत ज्ञान दिलाउन निम्न माध्यमिक स्कुलमा अनुभव र ज्ञानबारे अध्ययन हुनेछन्’ ग्लोबल टाइम्सले जनाएको छ ।
‘कलेजमा सैद्धान्तिक विचारधारा स्थापनाबारे जोड हुनेछ’ उल्लेख छ ।साथै, मन्त्रालयले राष्ट्रिय पाठ्यक्रममा राष्ट्रिय नेतृत्व र राष्ट्रिय सुरक्षा शिक्षाबारे पनि समावेश गर्ने तयारी गरेको छ । यसअघि माओत्से तुङको विचारलाई बाहेक अन्यलाई विचारधाराको रुपमा परिभाषित गरिएको थिएन । माओ र देङ जिआओपिङको नामसँग यसअघि विचारधारा पनि गाँस्ने गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०९ भदौ २०७८, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास