काठमाडौं । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।
लिसंखुपाखरबाट काठमाडौं आउँदै गरेको अरनिको यातायतको बा ३ ख ८०३० नम्बरको गाडी सुनकोसी गाउँपालिका ३ छापगाउँमा दुर्घटना भएको हो । घटनास्थलमा रहेका स्थानीय रविन्द्र श्रेष्ठले दुई जना बसले च्यापिएको र उनीहरुको मृत्यु भएको बताएपनि प्रहरीले अझै त्यसलाई पुष्टि गरेको छैन् ।
प्रहरी प्रमुख राजन अधिकारीका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको र उद्धारको काम जारी रहेकाले के कति मृत्यु भएको हो भन्न नसकिएको बताए ।
घाइतेहरुलाई एम्बुलेन्स र गाउँपालिका प्रमुखको गाडीमा हालेर उपचारका लागि खाडिचौरको सदावहार अस्पताल र धुलिखेल पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ भदौ २०७८, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीपी राजमार्गमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
वीपी राजमार्गमा बस दुर्घटना, उद्धार कार्य जारी
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान
धादिङ बस दुर्घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
तामाकोसी बस दुर्घटनामा बेपत्ता भएका दुईमध्ये एक बालकको शव ७ दिनपछि भेटियो