काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर दोस्रो साता गर्ने भएको छ । आजको स्थायी कमिटी बैठकले यसअघि कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन गर्दै यसको कार्यान्वयनका लागि उच्चस्तरीय कार्यदल बनाएको छ । कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन हुनेछ ।
त्यसअघि असोज ४, ५ र ६ गते विधान अधिवेशन हुने छ । भदौ २५ र २६ गते स्थायी कमिटी र २७ र २८ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । असोज मसान्तसम्म सदस्यता नवीकरण गर्ने पनि स्थायी कमिटी बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ भदौ २०७८, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत