काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर दोस्रो साता गर्ने भएको छ । आजको स्थायी कमिटी बैठकले यसअघि कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन गर्दै यसको कार्यान्वयनका लागि उच्चस्तरीय कार्यदल बनाएको छ । कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन हुनेछ ।
त्यसअघि असोज ४, ५ र ६ गते विधान अधिवेशन हुने छ । भदौ २५ र २६ गते स्थायी कमिटी र २७ र २८ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । असोज मसान्तसम्म सदस्यता नवीकरण गर्ने पनि स्थायी कमिटी बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ भदौ २०७८, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशनको प्रतिनिधि चयनको तयारी सुरु, कहाँबाट कति ?
एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ
एमाले महासचिवले आज सञ्चारकर्मीसँग संवाद गर्ने
एमालेद्वारा युथ भोलेन्टियर फोर्स घोषणा
एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने
गुण्डुमा सुरु भयो एमालेको सचिवालय बैठक