महोत्तरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा तेल ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका– १ मरधरका ३२ वर्षीय धनपैत महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । सोही दुर्घटनामा परी सर्लाही हरिवन नगरपालिका– २ अतरौलीका नवीन महतो गम्भीर घाइते भएका छन् ।
गएराति करिब ८ बजे ज४प २७०० नं को मोटरसाइकलमा चढी पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका दुवै जनालाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ३ख ८८०० नं को तेल बोकेको ट्याङ्करले बर्दिबास नगरपालिका– ११ स्थित लक्ष्मिनिया चोक नजिकै ठक्कर दिँदा दुवै जना गम्भीर घाइते भएका थिए ।
दुवै जनालाई राति नै उपचारका लागि बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा ल्याइएकोमा धनपैतको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । नवीनलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएकोे प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०८ भदौ २०७८, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु