काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै पार्टीको केन्द्रिय कार्यालय सानेपामा जिल्ला सभापतिहरु धर्नामा शुरु गरेका छन् । जिल्ला सभापतिहरु वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर रहेका छन् ।
उनीहरुले सूची सार्वजनिक गर्न भदौ ७ गतेसम्मको समयसीमा दिएको भएपनि माग सम्बोधन नभएको भन्दै पार्टी केन्द्रीय कार्यालय धर्नामा बसको हुन् । नेपाली कांग्रेसको नुवाकोट जिल्लाका सभापतिहरुले आजदेखि सांकेतिक रुपमा एक घण्टामात्रै धर्ना दिने बताए । माग सम्बोधन नभए धर्ना जारी रहने बताए ।
‘जबसम्म वेबसाइटमा सदस्यता सार्वजनिक गरिंदैन, जबसम्म जिल्ला सभापतिहरुको उम्मेदवारी एकरुपता हुँदैन र सच्याउने मौका पाइँदैन तबसम्म हाम्रो धर्ना कार्यक्रम जारी रहन्छ,’ धर्नामा सहभागी एक नेताले बताए । उनका अनुसार क्रियाशील सदस्यता पारदर्शी नभएकाले आन्दोलनमा उत्रिनु परेको उनले बताए । धर्नामा नेता अर्जुन नरसिंह केसीले ऐक्यवद्धता जनाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ भदौ २०७८, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक
कारबाहीको सिफारिस भएकालाई कांग्रेसले सदस्यता नवीकरण खुला गर्ने
कांग्रेस शीर्ष नेताको बैठक स्थगित
कांग्रेस पदाधिकारी बैठक बस्दै : राज्य व्यवस्था समिति सभापति र उपसभामुखबारे छलफल
'अरू पार्टीमाथि प्रहार गर्नुभन्दा आफ्नो पार्टी सम्हाल्न उचित हुन्छ'
लिपुलेकबारे भारत र चीनले गरेको सम्झौता अस्वीकार्य : कांग्रेस