काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै पार्टीको केन्द्रिय कार्यालय सानेपामा जिल्ला सभापतिहरु धर्नामा शुरु गरेका छन् । जिल्ला सभापतिहरु वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर रहेका छन् ।
उनीहरुले सूची सार्वजनिक गर्न भदौ ७ गतेसम्मको समयसीमा दिएको भएपनि माग सम्बोधन नभएको भन्दै पार्टी केन्द्रीय कार्यालय धर्नामा बसको हुन् । नेपाली कांग्रेसको नुवाकोट जिल्लाका सभापतिहरुले आजदेखि सांकेतिक रुपमा एक घण्टामात्रै धर्ना दिने बताए । माग सम्बोधन नभए धर्ना जारी रहने बताए ।
‘जबसम्म वेबसाइटमा सदस्यता सार्वजनिक गरिंदैन, जबसम्म जिल्ला सभापतिहरुको उम्मेदवारी एकरुपता हुँदैन र सच्याउने मौका पाइँदैन तबसम्म हाम्रो धर्ना कार्यक्रम जारी रहन्छ,’ धर्नामा सहभागी एक नेताले बताए । उनका अनुसार क्रियाशील सदस्यता पारदर्शी नभएकाले आन्दोलनमा उत्रिनु परेको उनले बताए । धर्नामा नेता अर्जुन नरसिंह केसीले ऐक्यवद्धता जनाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ भदौ २०७८, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्रको आन्तरिक विवाद : देउवा पक्षद्वारा अनुसन्धानात्मक प्रक्रिया रोक्न माग
काँग्रेसद्वारा तीन मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण माग
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
अर्थमन्त्रीले सार्वजनिक गरेका सूचकांकले नकारात्मक आर्थिक भाष्यलाई चुनौती दिएको काँग्रेसको दाबी
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
संसद् छलेर अध्यादेश ल्याउने कदम लोकतन्त्रको लागि मर्यादित होइन : कांग्रेस