काठमाडौं । सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज ट्वीट गर्दै अफगानिस्तानमा फैलिएको पोलियो सङ्क्रमणलाई दृष्टिगत गरी सबैलाई खोप दिने निर्णय गरिएको जानकारी दिए ।
पोलियो खोप नजिकै खोप केन्द्रमा गई लगाउनसमेत अनुरोध गरिएको छ ।
ट्वीटमा मन्त्रीले पोलियो खोप लगाउनसमेत सुरु गरिएको बताउनुभएको छ । अफगानिस्तान तालिवानले कब्जामा लिएपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किएका थिए । उनीहरुलाई सरकारले दुई चरणमा स्वदेश ल्याएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०७ भदौ २०७८, २१ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने