काठमाडौं । नेकपा एमालेले स्थायी समितिको बैठक मंगलबारका लागि बोलाएको छ ।पार्टी एकता पक्षधर रहेका मध्यमार्गी नेताहरुलाई माधव नेपाल पक्षमा जानबाट रोक्नका लागि स्थायी कमिटीको बैठक बोलाइएको हो ।
बैठक मंगलबार बिहान १० बजे बस्ने गरी बोलाइएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सञ्चारमाध्यमलाई जानकारी दिए ।पार्टी एकता पक्षधर भनिएका र माधव नेपाल पक्षमा रहेर पनि पार्टी विभाजनमा साथ नदिएका दोस्रो तहका नेताहरुले सोमबार नै एमाले अध्यक्ष केपी ओलीलाई भेटेर आफ्ना धारणा राखेका थिए ।
बैठकमा पार्टीलाई २ जेठ २०७५ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेललाई दिइएको छ । तीन नेताले तयार पार्ने प्रस्ताव मंगलबारको स्थायी कमिटी बैठकमा पेश गरिनेछ ।
पार्टी अध्यक्षसँग ती नेताहरुको छलफलपछि मंगलबार स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरिएको हो । मंगलबारको बैठकमा मध्यमार्गी नेताहरु पनि सहभागी हुने ज्ञवालीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ भदौ २०७८, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
ओखलढुंगामा एमालेको असन्तुष्टि झन् चर्किदो, बहुसंख्यक नेता आज नेकपामा समाहित हुँदैं
एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने
झापामा कांग्रेस–एमालेलाई बालेनले दिए झट्का : कांग्रेस एमालेकै जिम्मेवार नेताहरु पार्टी छोड्दै रास्वपा प्रवेश
पाल्पा २ मा एमालेले उम्मेदवार फेरेको फेरयै
काठमाडौंमा आज एमालेको जनप्रदर्शन, जनसभालाई ओलीले सम्बोधन गर्ने