काठमाडौं । नेकपा एमालेले स्थायी समितिको बैठक मंगलबारका लागि बोलाएको छ ।पार्टी एकता पक्षधर रहेका मध्यमार्गी नेताहरुलाई माधव नेपाल पक्षमा जानबाट रोक्नका लागि स्थायी कमिटीको बैठक बोलाइएको हो ।
बैठक मंगलबार बिहान १० बजे बस्ने गरी बोलाइएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सञ्चारमाध्यमलाई जानकारी दिए ।पार्टी एकता पक्षधर भनिएका र माधव नेपाल पक्षमा रहेर पनि पार्टी विभाजनमा साथ नदिएका दोस्रो तहका नेताहरुले सोमबार नै एमाले अध्यक्ष केपी ओलीलाई भेटेर आफ्ना धारणा राखेका थिए ।
बैठकमा पार्टीलाई २ जेठ २०७५ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेललाई दिइएको छ । तीन नेताले तयार पार्ने प्रस्ताव मंगलबारको स्थायी कमिटी बैठकमा पेश गरिनेछ ।
पार्टी अध्यक्षसँग ती नेताहरुको छलफलपछि मंगलबार स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरिएको हो । मंगलबारको बैठकमा मध्यमार्गी नेताहरु पनि सहभागी हुने ज्ञवालीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ भदौ २०७८, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत