काठमाडौँ । माधव नेपालसंग नजिक भएपनि उनको पार्टीमा सहभागी नभएका एमालेका दोश्रो र तेश्रो पुस्ताका नेताहरु एकताको पक्षमा अध्यक्ष केपी ओलीसँग वार्ता गर्न उनको निवास बालकोट पुगेका छन् ।
नेताहरुले ओलीसँग निर्णायक वार्ता गर्ने भन्दै उनको निवास बालकोट पुगेका हुन्। उनको निवास पुग्नेहरुमा भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु छन् । उनीहरुले कार्यदलले तयार पारेको १० बुँदे सहमती पुर्णरुपमा कार्यन्वयनको माथ गर्दै छलफल गर्न बालकोट पुगेका हुन् ।
उनीहरुले एमाले एकताका लागि १० बुँदे सहमति पालना नगरे आफूहरुले पनि विद्रोह गर्ने चेतावनी दिएर वक्तव्य जारी गरेका थिए। बालकोटमा ओलीसँग भेट्नुअघि उनीहरुले ओली समूहका नेता शंकर पोखरेलसँग कुराकानी गरेका छन्। अहिले ओली र एकताको पक्षमा रहेको बताउने नेताहरुबीच बालकोटमा वार्ता भैरहेको छ।
एमालेलाई ७५ जेठ २ मा फर्काउनुपर्ने यी नेताहरुको मुख्य माग छ। तर अध्यक्ष ओलीले अब एमाले ७५ जेठ २ मा नफर्कने घोषणा गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ भदौ २०७८, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशनको प्रतिनिधि चयनको तयारी सुरु, कहाँबाट कति ?
एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ
एमाले महासचिवले आज सञ्चारकर्मीसँग संवाद गर्ने
एमालेद्वारा युथ भोलेन्टियर फोर्स घोषणा
एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने
गुण्डुमा सुरु भयो एमालेको सचिवालय बैठक