काठमाडौँ । माधव नेपालसंग नजिक भएपनि उनको पार्टीमा सहभागी नभएका एमालेका दोश्रो र तेश्रो पुस्ताका नेताहरु एकताको पक्षमा अध्यक्ष केपी ओलीसँग वार्ता गर्न उनको निवास बालकोट पुगेका छन् ।
नेताहरुले ओलीसँग निर्णायक वार्ता गर्ने भन्दै उनको निवास बालकोट पुगेका हुन्। उनको निवास पुग्नेहरुमा भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु छन् । उनीहरुले कार्यदलले तयार पारेको १० बुँदे सहमती पुर्णरुपमा कार्यन्वयनको माथ गर्दै छलफल गर्न बालकोट पुगेका हुन् ।
उनीहरुले एमाले एकताका लागि १० बुँदे सहमति पालना नगरे आफूहरुले पनि विद्रोह गर्ने चेतावनी दिएर वक्तव्य जारी गरेका थिए। बालकोटमा ओलीसँग भेट्नुअघि उनीहरुले ओली समूहका नेता शंकर पोखरेलसँग कुराकानी गरेका छन्। अहिले ओली र एकताको पक्षमा रहेको बताउने नेताहरुबीच बालकोटमा वार्ता भैरहेको छ।
एमालेलाई ७५ जेठ २ मा फर्काउनुपर्ने यी नेताहरुको मुख्य माग छ। तर अध्यक्ष ओलीले अब एमाले ७५ जेठ २ मा नफर्कने घोषणा गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ भदौ २०७८, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत