मोटरसाइकलको ठक्करबाट किशोरको मृत्यु

रासस

आइतबार, ०६ भदौ २०७८, १९ : १४
मोटरसाइकलको ठक्करबाट किशोरको मृत्यु

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–६ मा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

स१०प ४२४७ नंको मोटरसाइकलले ठक्कर दिँदा तत्काल सनाखत हुन नसकेको अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पैदल हिँडिरहेका ती किशोरलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस