तालिबानले अफगानिस्तान कब्जा गरेपछि पहिलो पटक बोल्यो आइएस, लगायो यस्तो आरोप

एजेन्सी

आइतबार, ०६ भदौ २०७८, १२ : ३६
तालिबानले अफगानिस्तान कब्जा गरेपछि पहिलो पटक बोल्यो आइएस, लगायो यस्तो आरोप

कबुल । चरमपन्थी समूह इस्लामिक स्टेट (आईएस) ले आफ्नो विरोधी तालिबान​माथि अमेरिकाको कठपुतली भएको आरोप लगाएको छ । आइएसले तालिबान ‘मुल्ला ब्रेडली’ प्रोजेक्ट बनिरहेको दाबी गरेको छ । 

‘मुल्ला ब्रेडली’ शब्दलाई जिहादी समूहमा यस्तो धार्मिक व्यक्तिका लागि प्रयोग गरिन्छ जसलाई कथित रुपमा अमेरिकाले जिहादलाई कमजोर बनाउनका लागि भर्ती गर्छ ।

यद्यपि, यो एउटा शब्द मात्रै हो जसलाई अलकायदाका पूर्व नेता अनवार अल–अवलाकीले स्थापना गरेका थिए । अफगानिस्तानले १५ अगस्टमा पूरा देश कब्जा गरेको थियो, यसपछि आइएसको यो पहिलो टिप्प्णी हो । ​

के भन्छ तालिबान ?

यो आइएसको साप्ताहिक समाचार पत्र अल–नबाको सम्पादकीयमा प्रकाशित भएको हो जसको शीर्षक छ – ‘अन्ततः उनीहरुले मुल्ला ब्रेडली स्थापित गरेका छन् ।’

यसमा उपेक्षाजनक तरिकाले ‘नयाँ तालिबान’ शब्दको प्रयोग गरिएको छ जसमा बताइएको छ कि अफगान समूह २० वर्ष असध सुरु भएको सच्चा जिहादी आन्दोलनबाट भटकिएको छ ।

आइएसले  शंका जताउँदै भनेको छ, ‘तालिबानले सच्चा शरिया कानून सायदै लागू गर्न सक्ला । तालिबानले बचन दिएको छ कि ऊ शरीयतको हिसाबले चल्नेछ ।’

आइएसले घोषणा गरेको छ कि उसको लडाकू जिहादको नयाँ चरणको सुरुवात गरिरहेका छन् । 

आईएसको अनुसार तालिबानले जिततेका छैनन् र यो एक ‘तथाकथित जीत’ हो जसको बन्दोबस्त अमेरिकाले गरेको छ । 

प्रतिक्रिया दिनुहोस