इजरायल । इजरायलले गाजा क्षेत्रमा हवाई हमला सुरु गरेको छ । इजरायली सैनिकको हमलाका कारण ४१ जना घाइते भएको प्यालेस्टाइनी स्वास्थ मन्त्रालयले जनाएको छ ।
१३ वर्षका एक बालकको टाउकोमा गोली प्रहार भएको पनि मन्त्रालयले जानकारी दिएको छ । अल जजिराकाअनुसार घटनामा कम्तिमा २ जना गम्भीर घाइते छन् । यद्यपी, अहिलेसम्म कसैको मृत्युको खबर आइसकेको छैन ।
जेरुसलेमको अल अक्सामस्जिद जलाइएको ५२ औं वर्षगाँठ मनाउन भेला भएका प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली सैनिकबीच भिडन्त निम्तिएपछि अवस्था बिग्रिएको हो ।
शनिबार राती इजरायली सैनिकले विज्ञप्ति जारी गर्दै गाजास्थित हतियार उत्पादन गर्ने चारवटा कारखानामा हमला गरिएको जनाएको छ । यी कारखाना हमास विद्रोहीले सञ्चालन गरिरहेको उसको दाबी छ । प्यालेस्टाइनी इलाका हमासको कब्जामा छ ।
प्रदर्शनकारीहरूले सीमा क्षेत्रको पर्खाल नाघेर आफ्ना सैनिकमाथि बिष्फोटक पदार्थ फ्याँक्ने प्रयास गरेको इजरायली सैनिकको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ भदौ २०७८, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबननमा इजरायलको आक्रमण, मारिए हिजबुल्लाहका कमान्डर
इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
गाजामा इजरायलको पुन: घातक आक्रमण, एकै परिवारका ११ जनाको मृत्यु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा