एजेन्सी । अमेरिकाले अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा इस्लामिक स्टेट (आाईएस) ले आक्रमण गर्न सक्ने चेतावनी जारी गरेको छ। बीबीसीका अनुसार शनिबार विज्ञप्ति जारी गरी अमेरिकाले त्यहाँ रहेका आफ्ना नागरिकलाई सजग रहन आग्रह गरेको हो।
जारी सुरक्षा अलर्टमा अमेरिकाले आफ्ना नागरिकलाई भनेको छ– ‘ढोकैबाहिरको खतराबाट आफूलाई टाढै राखौँ।’ अमेरिकी सरकारका प्रतिनिधिको साथमा मात्र यात्रा गर्न भनिएको छ। अमेरिकी सुरक्षा अधिकारीले त्यस्तो खतरालाई आफूले निगरानी गरिरहेको र वैकल्पिक बाटोको खोजीमा रहेको बताएका छन्।
तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा अहिले त्यहाँबाट बाहिरिने मानिसको भागदौड मच्चिरहेको छ। राजधानी काबुलस्थित हामिद कारजाई विमानस्थलमा दैनिक यात्रुको भीड लाग्ने गरेको छ। त्यस क्रममा त्यहाँ हिंसाका घटना पनि भइरहेको खबर आइरहेका छन्। यसै क्रममा अमेरिकाले त्यहाँ अर्को उग्रवादी संगठन इस्लामिक स्टेट (आईएस) ले पनि आक्रमण गर्ने खतरा रहेको आशंका गर्दै चेतावनी जारी गरेको हो।
तर आईएसले आक्रमण गर्न सक्ने विषयमा अहिलेसम्म विस्तृत विवरण सार्वजनिक गरिएको छैन। शनिबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी सुरक्षा विभागले दिएको जानकारीअनुसार अहिलेसम्म अफगानिस्तानको विमानस्थलबाट १७ हजार मानिस बाहिरिइसकेका छन्। तीमध्ये २ हजार ५ सय जना आफ्ना नागरिक रहेको अमेरिकाले जनाएको छ। यतिबेला काबुलको विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०६ भदौ २०७८, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा