नेपाली बजारमा नक्कली नोटको सञ्जाल बढ्दै

पत्रपत्रिकाबाट

आइतबार, ०६ भदौ २०७८, ०७ : ४६
नेपाली बजारमा नक्कली नोटको सञ्जाल  बढ्दै

काठमाडौं । नेपाली बजारमा नक्कली  नोटको  सञ्जाल  बढ्दै  गएको  पाइएको छ । प्रहरीले पाँच वर्षको अवधिमा तीन  करोड  ३१  लाख  रुपियाँ  बराबरको  नक्कली नोट बरामद गरेको छ । 

आर्थिक वर्ष २०७४÷७५ मा दुई करोड ६४ लाख ८८ हजार ६७० रुपियाँ बराबरको नक्कली नोट बरामद भएपछि यस्ता नोटका कारोबारीविरुद्ध प्रहरीले आक्रामक अभियान थालेको थियो । सो वर्षमा ३७ जना कारोबारी पक्राउ परेका थिए ।

तीमध्ये आठ जना विदेशी नागरिक थिए । प्रहरीले त्यस वर्ष २१ वटा मुद्दा दायर गरेको थियो । चाडपर्व  नजिकिँदै  गर्दा  नेपालका  प्रमुख  सहरमा  नक्कली  नेपाली  नोटका  कारोबारी  सक्रिय  हुने  गरेका  छन्  ।  

नेपाल  प्रहरीको तथ्याङ्कअनुसार बितेका  पाँच  वर्षमा  नेपालमा नक्कली नोटको कारोबार  बढ्दै  गएको  पुष्टि  हुन्छ  ।

 नेपाल  प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक  वसन्तबहादुर  कुँवरले भारतमा छपाइ भई नेपालमा नक्कली नोट भित्रिने गरेको बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस