बेइजिङ । अमेरिकाको नयाँ सरकारले चीनका लागि नयाँ राजदूत नियुक्त गरेको छ । राष्ट्रपति जो बाइडेनले निकोलास बुर्नसलाई चीनका लागि राजदूतको जिम्मेवारी दिएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले शुक्रबार जनाएको छ ।
अहिले ६५ वर्ष उमेर पुगेका निकोलास हावर्ड विश्वविद्यालयमा अन्तरराष्ट्रिय सम्वन्ध विषयका प्राध्यापक हुन् । उनलाई अमेरिकाको वरिष्ठ कुटनीतिज्ञका रुपमा पनि चिनिन्छ ।
उनले यसअघि कुटनीतिक सरकारी अधिकारीको रुपमा झण्डै २७ वर्ष सेवा गरेका थिए । सरकारको वर्गिकरणमा उनी विदेश मन्त्रालयको तेस्रो उच्च तहमा थिए । निकोलस सन् २००१ देखि २००५ सम्ममा नेटोका लागि राजदूत भएका थिए । त्योभन्दा अगाडि ग्रिसका लागि राजदूत भएका थिए भने विदेश मन्त्रालयको प्रवक्तासमेत रहिसकेका छन् ।
त्यसैगरी जर्ज एचडब्लु बुस र विल क्लिन्टन राष्ट्रपति भएका बेला राष्ट्रपति कार्यालयको राष्ट्रिय सुरक्षा परिषद्समेतमा उनले काम गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०५ भदौ २०७८, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
अमेरिकाद्वरा भेनेजुएलाको अर्को तेल ट्यांकर जफत
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह
अमेरिका र युक्रेनबीच मियामीमा वार्ता हुने
अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाद्वारा कोलम्बियाका राष्ट्रपति पेट्रोमाथि प्रतिबन्ध