काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेलाई कब्जा गरेपछि नयाँ दल दर्ता गरेको बताएका छन् । पार्टी एकताका सबै ढोका बन्द भएपछि बाध्य भएर नयाँ दल गठन गर्नुपरेको उनको भनाइ छ । दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि शुक्रवार अपराह्न अध्यक्ष नेपालले एमाले पुनर्गठन गर्दै नयाँ पार्टी गठन गरेको बताएका हुन्।
‘एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बदनाम एवं समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा एमालेको पुनर्गठन गरी नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरेका छौं,’ उनले विज्ञप्तिमार्फत भनेका छन्।
नेपालले पार्टीले वैधानिकता पाउनासाथ राष्ट्रिय भेला र सम्मेलन गरेर केन्द्रीय समितिलाई पूर्णता दिने प्रष्ट्याए। ‘हाम्रो दर्ता प्रक्रिया वैधानिक रूपमा पूरा हुनासाथ राष्ट्रिय भेला र सम्मेलन गरी अहिले समावेश गर्न नसकेका अनुभवी एवम् योग्य कमरेडहरूलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिनेछौं,’ उनले भनेका छन्।
विद्रोहको पक्षमा हस्ताक्षर गर्ने, २०७५ जेष्ठ ३ गते पार्टी एकता गर्ने बेला थपिएका, पहिले नै केन्द्रीय समितिमा रहिसकेका, संघीय संसदका सांसद, वैधानिक प्रावधान अनुसार पुर्याउनु पर्ने महिलालाई समावेश गरी केन्द्रीय समिति प्रस्ताव गरेका नेपालले विज्ञप्तिमा उल्लेख गरेका छन्। एकीकृत समाजवादीमा केन्द्रीय सदस्य ९५ सदस्यीय प्रस्ताव छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ भदौ २०७८, २० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माइतीघरबाट एमालेको विरोध प्रदर्शन सुरु
एमालेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप
ओलीको पक्राउको विरोधमा एमालेद्वारा दिउँसो ३ बजे ७७ जिल्लामै शसक्त विरोध प्रदर्शनको आह्वान
एमाले अध्यक्ष ओली पक्राउपछि तनावः सडकमा उत्रिए आक्रोशित कार्यकर्ता
जेन जेड आन्दोलनका घटना बहालवाला न्यायाधीशबाट छानबिन गर्न एमालेको माग
ओली र लेखकको गिरफ्तारी गैरकानुनी: एमाले