पोखरा । पोखरा महानगरपालिका–२६ विजयपुरस्थित न्यू हाइवे स्टाफ होटेल एण्ड लजबाट अवैध रुपमा चन्दा संकलन गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–१ बस्ने ३४ वर्षीया एलिजा बस्नेतसहित ३ जना छन् । उनीहरुको साथबाट चन्दा उठाएको ४ लाख ६ हजार ४ सय ६ रुपैयाँ नगद प्रहरीले बरामद गरेको छ ।
‘युनिक स्वयंसेवक नेपाल’ नामक संस्थाको नामबाट उनीहरुले अवैध रुपमा चन्दा उठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ भदौ २०७८, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ