पोखरा । पोखरा महानगरपालिका–२६ विजयपुरस्थित न्यू हाइवे स्टाफ होटेल एण्ड लजबाट अवैध रुपमा चन्दा संकलन गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–१ बस्ने ३४ वर्षीया एलिजा बस्नेतसहित ३ जना छन् । उनीहरुको साथबाट चन्दा उठाएको ४ लाख ६ हजार ४ सय ६ रुपैयाँ नगद प्रहरीले बरामद गरेको छ ।
‘युनिक स्वयंसेवक नेपाल’ नामक संस्थाको नामबाट उनीहरुले अवैध रुपमा चन्दा उठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ भदौ २०७८, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ
ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ
रौतहटमा २२ जना फरार प्रतिवादी पक्राउ