काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालका पक्षमा गएका केन्द्रीय सदस्य एवं सांसदलाई एमालेमा फर्कन आह्वान गरेका छन् ।
नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले आज आयोजना गरेको कार्यक्रममा उहाँले नेता नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा नाम लेखाएकालाई नाम काटेर एमालेको मूल प्रवाहमै फर्कन आह्वान गरेका हुन् ।
उनले भने, “यो देश बनाउने जिम्मा अहिले पनि एमालेकै काँधमा छ, त्यसैले पदको लोभमा त्यता बस्नु पर्दैन, माधव नेपालसँग नाम लेखेर निर्वाचन आयोगमा नाम दर्ता गराएका साथी नाम कटाएर पार्टीमा आउनुस्, कुनै पक्षपात नगरी पार्टीमा जिम्मेवारी दिन्छौँ, जिम्मेवारी सम्हाल्न्स् ।”
अध्यक्ष ओलीले आफूहरु सत्तापक्षमै रहेको दाबी गर्दै भन्नुभयो, “प्रदेश र स्थानीय तहमा एमाले बहुमतमा छ, देशभरको सरकार हेर्दा एमाले सरकारमै रहेको प्रष्ट हुन्छ, प्रदेश र स्थानीय तहमा एमालेले बहुमतको सरकार चलाइरहेकाले एमाले प्रतिपक्ष मात्र नभएर अझै सत्तापक्षमै छ ।”
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०३ भदौ २०७८, २० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले बागमती संसदीय दलको बैठक बस्दै
मधेस प्रदेशमा एमालेलाई वडा अधिवेशन गर्नै मुश्किल
एमालेले देखायो आफुविरुद्द लाग्ने चार विरोधी शक्ति, गोयबल्स शैलीमा कुप्रचार भएको आरोप
काँग्रेसलाई एमालेले भन्योः प्रदेशलाई अस्थिर बनाउन पाइँदैन, अविश्वास प्रश्तावबारे छिटो निष्कर्षमा पुग्नुस्
एमालेमा सदस्यता नवीकरण रोकिएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै भण्डारी
एमाले बैठकले पारित गरेको प्रस्तावमा के छन् ? (पूर्णपाठ)