पोखरा । गण्डकी प्रदेशमा थप ५ सय ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार १८७ जनामा गरिएको नमूना परीक्षणमा ५०४ जनामा संक्रमण देखिएको हो ।
संक्रमितमध्ये २४९ महिला र २५५ जना पुरुष रहेका छन् । प्रदेशका ८ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र कम पर्वतमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।
उनका अनुसार कास्की २६८ बागलुङ २५, स्याङ्जा ५५, म्याग्दी १९, पर्वत २,गोरखा ३३, लमजुङ ३९ तनहुँमा ३८ र नवलपुरमा २५ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७७ हजार ८४७ पुगेको छ ।
गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१६ का ४५ वर्षीय पुरुष, बागलुङ नगरपालिका –३ का ६५ वर्षीय पुरुष, बागलुङ काठेखोला–७ का ४८ वर्षीय पुरुष, म्याग्दी मंगला–३ का ८४ वर्षीय पुरुष र तनहुँ भिमाद–६ की ४२ वर्षीय महिलाको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २२१ जना पुगेको छ ।
गण्डकी प्रदेशमा हालसम्म ७० हजार ७४३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा आइतबार मात्र संक्रमणमुक्त हुनेको संख्या ५१० पुगेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८८३ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ भदौ २०७८, १७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता
विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै
गण्डकी प्रदेशद्वारा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम लागू
त्रिवेणी-दुम्किबास सडक खोल्न प्रदेशले पहल गरिरहेको : मुख्यमन्त्री पाण्डे