काठमाडौं । चीनले अफगानिस्तानमा विकसिक परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएको छ ।
चिनियाँ विदेशमन्त्रीले बुधबार सो धारणा राखेका हुन् । उनले हालै अफगानिस्तानमा विकास भएको परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएका हुन् ।
चिनियाँ विदेशमन्त्री वाब यीले अफगानिस्तानलाई आवश्यक सहयोग र सहज रुपमा अहिलेको संक्रमणको व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग समन्वय गर्नेछ ।
बुधबार साँझ विदेशमन्त्री वाब यी र पाकिस्तानी विदेशमन्त्री साहमोहमद कुरेसीबीच फोनवार्ता भएको थियो । त्यस फोनवार्ताका क्रममा विदेशमन्त्री वाब यीले हाल अफगानिस्तानमा विकसित परिस्थितिलाई सामान्य बनाउन र त्यहाँको सङ्क्रमणकालीन व्यवस्थापनका लागि चीनले पाकिस्तनसँग सम्पर्क र समन्वय गरेर अघि बढ्ने छ भनेका हुन् ।
उनले अफगानिस्तानलाई आतङ्कवादका विरुद्धमा चीनले सहयोग गर्ने धारणा पनि राखेका हुन् । त्यस फोन वार्ताका क्रममा विदेशमन्त्री वाब यीले भने कि चीनले अब अफगानिस्तानलाई आतङ्कवादबाट बचाउनका लागि सहयोग गर्नेछ र अब अफगानिस्तान पनि आतङ्कवादी जम्माहुने स्थान बन्नु हुँदैन । गएको आइतबार काबुललाई तालिबानीले कब्जामा लिएका छन् ।
उनीहरुले तालिबानी सरकार गठनको तयारी पनि गरिरहेका छन् । काबुलबाट प्राप्त समाचारअनुसार त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकूले गस्ती गरिरहेका देखिएको छ भने आफ्नादेश फर्किन चाहने विदेशीले गर्दा त्यहाँको विमानस्थलको अवस्था अस्तब्यस्त भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०३ भदौ २०७८, १७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट