काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले बैचारिक दृष्टिले समाजवादको नयाँ बाटो पहिल्याउनुपर्ने बताएका छन् । विहीबार समाजवादी केन्द्र नेपालले आयोजना गरेको एक्काइसौं शताब्दीको माक्र्सवाद र समाजवाद विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा भट्टराईले बैचारिक दृष्टिले समाजवादको नयाँ बाटो पहिल्याउनुपर्ने बताएका हुन् ।
उनले बैचारिक ढंगबाट अगाडि बढ्न नसके आफूहरू पनि ‘अर्को केपी ओली’ हुने बताउदै नयाँ समाजवादको मोडल तयार गर्नुपर्ने बताएका छन् । त्यस्तै, उनले एकजुट भएर जनताको हितलाई केन्द्रमा राखेर २१ औँ शताब्दीको माक्र्सवाद र समाजवादअनुसार कम्युनिष्ट पार्टीहरू अघि बढ्नुपर्ने बताएका छन् ।
वैचारिक रूपमा समाजवादको धारणा तय गर्न नसक्नु नै आजको समस्या भएको बताउदै उनले भने ‘कम्युनिष्ट पार्टी विधि र पद्धतिमा चल्न छाड्यो । महाधिवेशन छैन । टीका लगाएको व्यक्तिले पार्टीको नेतृत्व गरिरहेको छ ।’
माधबकुमार नेपाल पक्षले नयाँ दल दर्ता गरेकोबारे बाल्दै उनले भनेका छन्, ‘माधवजीले पनि एमाले समाजवादी दर्ता गर्नुभएको छ । हामीलाई पनि चुनाव चिन्ह छोड्न गाह्रो भएको छ ।’
उनले थप भनेका छन्, ‘तर, जनताको हितलाई केन्द्रमा राखेर २१ औँ शताब्दीको माक्र्सवाद र समाजवाद अनुसार अघि बढ्नैपर्छ । जनताले त्यहीँ भोट हाल्छन् भनेर चुनाव चिन्ह कुरेर बसेर देश विकास हुँदैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ भदौ २०७८, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...