आजको मौसम : अधिकांश स्थानमा वर्षाको सम्भावना

सफल खबर संवाददाता

बुधबार, ०२ भदौ २०७८, ०८ : २६
आजको मौसम : अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गण्डकी प्रदेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना समेत रहेको छ। 

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।  प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।  

हाल मनसुनी न्युन चापिय रेखा देशको पश्चिमि भूभागमा तराई नजिक रहेको छ भने पूर्वी भूभागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ। बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापिय प्रणाली रहेको छ ।

प्रतिक्रिया दिनुहोस