काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको तयारी गरेका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको सिफारिस गरेपछि एमाले एकता संकटमा परेको छ। नेता नेपालले एकदुई दिनमै नयाँ दल दर्ताको तयारी गरेका छन्।
नयाँ दल दर्ताका लागि विधान, राजनीतिक प्रतिवेदन, तथा नामसमेत तय भइसकेको स्रोतले जनाएको छ। ‘केपी ओलीमा सुधार आउने संकेत देखिएन।
नयाँ दल दर्ताको तयारी छ। नेता कार्यकर्तालाई बेवारिसे अवस्थामा राख्न सकिँदैन’, नेपाल पक्षका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने, ‘विधान, राजनीतिक प्रतिवेदन सबै तयारी अवस्थामा छ।’
ओलीले पार्टीमा एकताको ढोका बन्द गरेपछि नयाँ दल दर्ता गर्नुको विकल्प नभएको नेपाल पक्षका नेताहरूको भनाइ छ।
पार्टी विभाजन रोक्न मंगलबार साँझ ३० जना केन्द्रीय सदस्यले आन्तरिक छलफल गरे। नेता नेपाल पनि ओली एकताका लागि तयार भए दल विभाजन गर्ने पक्षमा छैनन्।
तर ओलीले पेलेर जाने संकेत गरेपछि उनी नयाँ दल दर्ताको तयारीमा लागेका हुन्। ‘ओलीले अन्याय गर्दैनन्, सबै साथीलाई न्यायपूर्ण भावनाले हेर्छन् भने पार्टी विभाजन हुँदैन तर त्यसको ग्यारेन्टी उनले दिन सक्दैनन्’, नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०२ भदौ २०७८, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको प्रचार सामग्रीले कुरूप बन्यो भृकुटीमण्डप क्षेत्र
एमाले महाधिवेशन : प्राविधिक भन्छन् : समस्या सुल्झियो, मतदानका लागि तयार छौं
एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव
ओली डराउँदा झुलाइयो मतदाता ? : जाडोको बहाना
एमालेको जारी एघारौँ महाधिवेशन अन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन (सूची)
ओलीतिर फर्किदै असन्तुष्ट नेताहरु