लुम्बिनी प्रदेशसभा बैठक स्थगित

सफल खबर संवाददाता

मंगलबार, ०१ भदौ २०७८, १५ : ०५
लुम्बिनी प्रदेशसभा बैठक स्थगित

रूपन्देही । लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ। विपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन अन्तर्गत पहिलो बैठक स्थगित भएको छ ।

निर्धारित समयभन्दा डेढ घण्टा ढिला सुरु भएको बैठक प्रमुख विपक्षी एमालेले अवरोध गरेपछि सभामुख पूर्णबहादुर घर्तीले भोलि दिउँसो १ बजेम्मको लागि स्थगित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस