काठमाडौं । अफगानिस्तानबाट बाहिरिन चाहने अफगान तथा विदेशी नागरिकको भीडमा करिब १४/१५ सय नेपाली उद्धारको आसमा आइतबार रातिदेखि काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खेर बसिरहेका छन् ।
तालिवान विद्रोहीले अफगानिस्तानको राजधानी काबुलमा कब्जा जमाएपछि स्वदेश फर्किनका लागि ती नेपालीहरु विमानस्थलमा पर्खेर बसेका हुन् ।
काबुलस्थित एउटा होटेलमा सुरक्षागार्डका रूपमा कार्यरत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–४ का दुर्गाबहादुर नेपालीका अनुसार उनीसहित करिब १४/१५ सय नेपाली आइतबार रातिदेखि नै विमानस्थलमा एकै ठाउँमा जम्मा भएर बसेका छन् ।
सरकारले संकटग्रस्ट अफगानिस्तानबाट नेपालीको उद्धारका लागि पहल शुरू गरेको अवस्थामा यतिखेर काबुलको विमानस्थलमा पहुँच बढाउन सकेमात्र पनि सरकारले धेरै नेपालीको उद्धार गर्न सक्ने सम्भावना छ ।
सरकारले आइतबार नै अफगानिस्तानबाट नेपाली उद्धार गर्ने पहलका लागि परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेको संयोजकत्वमा एउटा कार्यदल गठन गरेको छ ।
साथै मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीलाई कन्सुलर सेवा विभागको वेबसाइटमा व्यवस्था गरिएको अनलाइन रजिस्ट्रेसन पोर्टलमा दर्ता गरी आफ्नो अवस्थाका बारेमा जानकारी दिन आह्वान गरेको छ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०१ भदौ २०७८, ०७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन् २०२५ मा १५ लाख २३ हजार नेपाली विदेशिए
अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा युएईमा कार्यरत नेपालीहरूलाई चेतावनी
यूएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी
साउदीले ६५ जना नेपालीलाई दियो आममाफी
युएईको जेलमा रहेका १२० नेपालीले पाए आममाफी
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए