काठमाडौं । धादिङमा बस र ट्रक ठोक्किदा एकजनाको मृत्यु भएको छ । १२ जना घाईते भएका छन् । जिल्लाको गल्छी गाउँपालिका–६, बैरेनीमा बस दुर्घटनामा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ की २७ वर्षीया रेनुका कुलुङको मृत्यु भएको हो ।
काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा आज बिहान करिब सवा ४ बजे उनको मृत्यु भएको जनाइएको छ ।घाइतेमध्ये बसका चालक भक्तपुरको मध्यपुरथिमि नगरपालिका–६ का ३८ वर्षीय विजय प्रजापति, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ की १८ वर्षीया सोनु कुलुङ र कास्कीको पोखराका ४८ वर्षीय डिबी गुरुङको अवस्था गम्भीर रहेको छ ।
घाइतेमध्ये तीनजनाको गल्छीस्थित बूढीगण्डकी अस्पतालमा र अरू नौजनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३२ साउन २०७८, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक बसमा पनि ‘लगेज ट्याग’ प्रलाणी लागू
मकवानपुरमा बिजुलीको पोलमा ठोकियो यात्रु बस, २२ जना घाइते
चितवनमा बस पल्टिँदा ३८ जना घाइते
त्रिशूली किनारामा पुरिएको बस निकाल्ने प्रयास सकस
त्रिशुलीमा बस बालुवामा पुरिएकाे अस्थामा भेटियो
अल्जेरियामा बस नदीमा खस्यो, १८ जनाको मृत्यु