बस र ट्रक ठोक्किदा एकजना युवतीको मृत्यु, १२ जना घाईते

सफल खबर संवाददाता

सोमबार, ३२ साउन २०७८, ०९ : ४८
बस र ट्रक ठोक्किदा एकजना युवतीको मृत्यु, १२ जना घाईते

काठमाडौं । धादिङमा बस र ट्रक ठोक्किदा एकजनाको मृत्यु भएको छ । १२ जना घाईते भएका छन् ।  जिल्लाको गल्छी गाउँपालिका–६, बैरेनीमा बस दुर्घटनामा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ की २७ वर्षीया रेनुका कुलुङको मृत्यु भएको हो ।  

काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा आज बिहान करिब सवा ४ बजे उनको मृत्यु भएको जनाइएको  छ ।घाइतेमध्ये बसका चालक भक्तपुरको मध्यपुरथिमि नगरपालिका–६ का ३८ वर्षीय विजय प्रजापति, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ की १८ वर्षीया सोनु कुलुङ र कास्कीको पोखराका ४८ वर्षीय डिबी गुरुङको अवस्था गम्भीर रहेको छ ।

घाइतेमध्ये तीनजनाको गल्छीस्थित बूढीगण्डकी अस्पतालमा र अरू नौजनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस