माओवादी स्थायी समिति बैठक जारी, राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल

सफल खबर संवाददाता

आइतबार, ३१ साउन २०७८, ०९ : २३
माओवादी स्थायी समिति बैठक जारी, राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रुपमा आज छलफल हुँदैछ । 

नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको छ ।  स्थायी समिति लगत्तै केन्द्रीय कमिटी बैठक बस्ने तयारी पनि माओवादी केन्द्रले गरेको छ । 

समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा अध्यक्षको प्रतिवेदन पास गर्ने माओवादी केन्द्रले तयारी गरेको छ । नेकपा माओवादीका विभिन्न जिल्लामा नेताहरुको कार्यविभाजन भइसकेको छैन ।

माओवादीले आगामी पुस ११ देखि राष्ट्रिय सम्मेलन आयोजना गर्ने अध्यक्ष प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै आगामी निर्वाचनसम्म नै वर्तमान ५ दलीय गठबन्धन कायम राख्नुपर्ने आवश्यक्ता पनि प्रचण्डको प्रतिवेदनमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस