माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

सफल खबर संवाददाता

शुक्रबार, २९ साउन २०७८, १४ : ५०
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । शनिबार सुरु हुने केन्द्रीय समिति बैठक अघि आज शुक्रबार ३ बजे स्थायी कमिटी बैठक बस्न लागेको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तयार गर्ने नेताहरुले बताएका छन् ।

केन्द्रीय कमिटी बैठकको तयारीका लागि बैठक बस्न लागेको नेता देव गुरुङले जानकारी दिए । यसअघि साउन २० गते बोलाइएको केन्द्रीय समिति बैठक सारेर शनिबारका लागि पुर्याइएको थियो । 

प्रतिक्रिया दिनुहोस