युनाइटेड वेष्ट ब्रुमसँग पराजित, म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि

सोमबार, ०३ बैशाख २०७५, ०९ : ०८
युनाइटेड वेष्ट ब्रुमसँग पराजित, म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि

युनाइटेड वेष्ट ब्रुमसँग पराजित, म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधिएजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । आइतबार राति दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड रेलिगेसन जोनको वेष्ट ब्रुमसँग पराजित भएपछि सिटीले उपाधि जितेको हो ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेड वेष्ट ब्रुमसँग १ – ० ले स्तब्ध बनेको थियो । वेष्ट ब्रुमको जितमा जे रोड्रिगेजले खेलको ७३ औं मिनेटमा निर्णायक गोल गरेका थिए । बल पोजिसनमा पकड जमाएपनि युनाइटेडले गोल गर्न नसक्दा पराजित हुन् पुग्यो । युनाइटेडका रोमेरो लुकाकुको केहि सुन्दर प्रहारहरु वेष्ट ब्रुमका किपरले बचाएका थिए ।

युनाइटेड घरेलु मैदानमा पराजित भएपछि पेप ग्वार्डिओलाको सिटीलाई भने फाईदा भयो । उपाधिका लागि एक जित आवश्यक सिटीको लागि युनाइटेडको हार नै उपाधिको लागि प्रयाप्त बनेको छ । योसँगै सिटी लिगमा युनाइटेडलाई १६ अंकले पछि बनाएर पाँच खेल अगावै प्रिमियर लिगको उपाधि जित्न सफल भएको हो ।  सिटीको यो सिजनको पहिलो उपाधि हो भने तेस्रो प्रिमियर लिग उपाधि हो ।

उपाधि जित्ने क्रममा शीर्ष स्थानको सिटीले ३३ खेलबाट ८७ अंक जोड्न सफल भयो । सिटीले हालसम्म दुई खेलमा पराजय बेहोर्दा ३ खेलमा बराबरी र २८ खेलमा जित निकाल्न सफल भएको छ । दोस्रो स्थानको युनाइटेडको समान खेलबाट ७१ अंक रहेको छ । युनाइटेडलाई स्तब्ध बनाएको वेष्ट ब्रुम २४ अंक जोडेर लिगको पुछारमा रहेको छ ।

योसँगै सिटीका प्रशिक्षक ग्वार्डिओलाले आफ्नो प्रशिक्षक करियरको २४ औं उपाधि जित्न सफल भएका छन्  । ४७ बर्षीय ग्वार्डिओलाले यसअघि स्पेन र जर्मन लिगको उपाधि जितिसकेका छन् । सन् २०१६ मा सिटी आएका ग्वार्डिओलाले स्पेनिस क्लब बार्सिलोनाबाट दुई पटक च्याम्पियन्स लिगको उपाधि समेत जितेका छन् ।

प्रतिक्रिया दिनुहोस