पहिरोमा परी भारतमा कम्तीमा १० जनाको मृत्यु, ६० जना पुरिएको आशङ्का

एजेन्सी

विहीबार, २८ साउन २०७८, १६ : ०६
पहिरोमा परी भारतमा कम्तीमा १० जनाको मृत्यु, ६० जना पुरिएको आशङ्का

हिमाञ्चल प्रदेशको एउटा राजमार्गमा गएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । पहिरोमा अरु कम्तीमा ६० जना पुरिएको आशङ्का गरिएको छ ।

कम्तीमा २५ व्यक्ति बोकेको एउटा बस नै पहिरोमा पुरिएको भारत–तिब्बत सीमा सुरक्षा आइटीबीपीले आशङ्का गरेको छ । “घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य १४ जना घाइतेलाई उद्धार गरिएको छ,” आइटीबीपीले प्रकाशन गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ । 

हिमाञ्चल प्रदेशमा पहिरोले पुरेको गाडी निकाल्नका लागि भारत–तिब्बत सीमा सुरक्षाका लागि खटिएका प्रहरी उद्धारकार्यमा परिचालित भएका छन् ।
    
हिमाञ्चल प्रदेशको किन्नौर जिल्ला अन्तर्गत पर्ने घटनास्थलमा अझै ढु्गा खसेको तिब्बतको सीमानामा एक स्थानीय प्रहरी अधिकारीले एएफपीलाई बताएका छन् । टेलिभिजन च्यानलले एउटा ट्रक र कारको चित्र भग्नावशेषमा आधा गाडेको, बाटोमा चट्टान रहेको र रूखको टुक्रा देखाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस