काठमाडौं । आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुगेकाले आगामी साता देशभर मनसुन सक्रिय हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका मौसमविद् समिर श्रेष्ठले भने, “अबको केही दिन देशका धेरैजसो स्थानमा वर्षा हुनेछ । वर्षा निरन्तर नभई केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने छ । ” उनका अनुसार वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक दिन फरक स्थानमा हुने औंल्याएको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव छ डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३६ दशमलव छ डिग्री सेल्सियस रहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २८ साउन २०७८, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनसुन अवधिमा ९२ जनाको मृत्यु, ३० बेपत्ता
मनसुन आजदेखि पूर्णरुपमा बाहिरिँदै
बाहिरिन सुरु भयो नेपालबाट मनसुन
बर्खायाममा कस्तो खानेकुरा खाने ?
मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्ने
नेपाल भित्रियो मनसुन, देशभर फैलिन केही दिन लाग्ने