युएईको नयाँ मापदण्डले नेपाली श्रमिक प्रभावित

पत्रपत्रिकाबाट

विहीबार, २८ साउन २०७८, ०७ : ५७
युएईको नयाँ मापदण्डले नेपाली श्रमिक प्रभावित

काठमाडौं । कोरोनाको  महामारीको बीचमा नेपालीका प्रमुुख श्रम गन्तव्य मुलुकले आआफ्नै मापदण्ड बनाएर श्रमिकलाई प्रवेशमा  खुला गरेका  छन् । 

त्यस्ता मापदण्डअनुसारको  व्यवस्था नेपालमा नहुँदा श्रमिक मारमा परेका छन् । देशमै  उपलब्ध  नभएको  एन्टिजेन  परीक्षणलाई श्रमिकप्रवेशको  अनिवार्य  सर्त  राखेर  श्रमिकलाई विमान स्थलबाटै  फर्काउने  कामले  टिकट  लिएर  उड्ने तयारी गरेका श्रमिक झनै अन्योलमा परेका हुन् । 

पछिल्लो   समय   संयुक्त   अरब   इमिरेटस्   (यूएई)ले  लागू  गरेको  नयाँ  मापदण्डका  कारण  सुर्खेत वीरेन्द्रनगर  उपमहानगरपालिकाका  जङ्गबहादुर  शाही विमान स्थलबाट  फिर्ता  भए । चार महिनाअघि यूएईबाट  घर  बिदामा  आएका  उनी  विदेश जाने  पुनः श्रम  स्वीकृतिलगायतका  सबै  प्रक्रिया  पूरा गरी  मङ्गलबार  ७२  घण्टाअघिको  पीसीआर  रिपोर्ट, कम्पनीले    पठाएको    टिकटसहित विमान स्थलमा पुगेका थिए । तर उनीसँग नयाँ मापदण्डअनुसारको एन्टिजेन परीक्षणको  रिपोर्ट  नहुँदा  यूएई  उड्न पाएनन् । 
 
 यूएई  सरकारले  पछिल्लो  समय  कोरोना सङ्क्रमण   बढेका   नेपालसहितका   १६   मुलुकलाई जोखिमको  सूचीमा  राखेको  छ ।  त्यस  सूचीमा  रहेका मुलुकबाट  आउनेका  लागि  नयाँ  मापदण्ड  लागू गरिएको  हो ।  गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस