चितवनमा होम आइसोलेसनमा बसेका संक्रमितको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २७ साउन २०७८, १७ : ३६
चितवनमा होम आइसोलेसनमा बसेका संक्रमितको मृत्यु

चितवन । चितवनमा एक जना संक्रमितको होम आइसोलेसनमा मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनको अनुसार खैरहनी नगरपालिकाका एक संक्रमित आज होम आइसोलेसनमा बसिरहेको समयमा मृत्यु भएको हो । 

यस्तै आज भरतपुर अस्पतालमा एक जना, पुरानो मेडिकल कलेजमा एक जना चितवनवासीको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयको भनाइ छ ।  

चितवनका विभिन्न अस्पतालमा २५२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये आईसीयूमा १०५ जना, भेन्टिलेटरमा ४१ जना, एचडीयूमा ४७ जना र जेनरल बेडमा १०० जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस