मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभामा प्रस्तुत

सफल खबर संवाददाता

बुधबार, २७ साउन २०७८, १३ : ४०
मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभामा प्रस्तुत

रुपन्देही । प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा प्रस्तुत भएको छ।

पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएको जानकारी औपचारिक रुपमा नआइसकेको भन्दै लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनमा टेबुल कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कानोडियाले टेबुल गरेका हुन् ।

प्रदेशसभामा बैठकमा एमालेका सांसदहरु सहभागी भएका छैनन् । असंवैधानिक रुपमा आह्वान गरेको बैठक भएकाले आफूहरु सहभागी नभएको एमाले सांसद बैजनाथ चौधरीले जानकारी दिए ।अहिले प्रदेशसभा बैठक जारी छ ।

प्रतिक्रिया दिनुहोस