काठमाठौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि दुई प्रहरीलाई बर्खास्त गर्दै परीक्षा रद्द गर्ने तयारी भएको छ ।
सो प्रकरणको छानबिनका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सचिवालयका डीआईजी वसन्त लामाको संयोजकत्वमा छानबिन समिति बनाएका थिए । समितिले गरेको छानबिनपछि प्रश्नपत्र लिक भएको पुष्टि भएको हो ।
सो प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेकोमा डीएसपी रूपेश खड्कासहित ११ जना प्रहरी कर्मचारी दोषी देखिएपछि कारबाहीका लागि सिफारिस गर्ने तयारी भएको छ । छानबिन समितिले अनुसन्धानको प्रतिवेदन तयार गरेर प्रहरी महानिरीक्षकलाई बुधबार बिहान बुझाउँदै छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार प्रश्नपत्र आउट गर्न मुख्य भूमिका हबल्दार कुमार शाह र यूएन शाखामा कार्यरत कार्यालय सहयोगी सुरेश बमको देखिएको हो । उनीहरू दुवैलाई बर्खास्त गर्न सिफारिस गरिएको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २७ साउन २०७८, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरहाजिर २० जना प्रहरी कर्मचारीको नाममा प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
मिराजको समूहलाई प्रहरीले माइतीघरबाट हटायो
माइतीघरमा जेन जेडलाई प्रहरीले रोक्यो
प्रहरी सहायक निरीक्षक हरि भट्टराई बने बागमतीकै सर्वोत्कृष्ट
गुण्डागर्दीमुक्त चितवन, शान्ति सुरक्षामा प्रहरीको प्रभावकारी भूमिका
चितवनमा दुर्घटना तथा चोरीका घटना बढेपछि प्रहरी चेकजाँच कडा