काठमाडौं । ब्राउन सुगरसहित पक्राउ परेका पाँच जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले आज सार्वजनिक गरेको छ । इनरुवा–४ स्थित बसपार्कबाट सोमबार राति लागूऔषध ब्राउन सुगरसहित उनीहरु पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का २० वर्षीय अमोदकुमार यादव, सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–४ का २० वर्षीय इनरकुमार मुखिया, १९ वर्षीय रमेश मुखिया, सप्तरी रामपुर मलहनिया–१४ का २४ वर्षीय विनोदकुमार कामत र कार चालक तिलाठी कोलारी–४ का २२ वर्षीय फुलकुमार मुखिया रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
विशेष सूचनाका अधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पश्चिमबाट आउँदै गरेको बा१४च ६१४५ नंको कारलाई जाँच गर्दा उनीहरुका साथबाट लागूऔषध ब्राउन सुगर एक सय ३० ग्राम फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । पक्राउ परेका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २६ साउन २०७८, २१ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
गोली प्रहार गरेर भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ
निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ
गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ
४ लाखसहित ३ क्रिप्टो कारोबारी पक्राउ