कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

मंगलबार, २६ साउन २०७८, ०७ : ३४
कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। जसका कारण मंगलबाल बिहान देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा पनि भइरहेको छ। महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 यस्तै प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेशको केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ ।  यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।  यस्तै दिउँसो जस्तै प्रदेश नं १  र बाग्मती प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस