सुनको मुल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

सोमबार, २५ साउन २०७८, ११ : ०७
सुनको मुल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाला सुनको मूल्य तोलाको ९० हजार थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि एक हजार रुपैयाँले घटेर ८८ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुनको मूल्य ८९ हजार पाँच सय ५० रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस